स्काइवेललाई अटोतर्फको बेस्ट स्टल अवार्ड

इभी कम्पनी स्काइवेलले चितवन महोत्सवमा ‘बेस्ट स्टल अवार्ड’ प्राप्त गरेको छ । कम्पनीले अटोतर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको हो ।

त्यसैगरी, महोत्सवमै स्काइवेलका पाँचवटा प्रिमियम इभी पनि बिक्री भएका छन् ।

नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६ सय २० किमि दिने स्काइवेल इटी–५ बिई ११ मोडेल बुकिङ महोत्सवबाट डेलिभरी भएको विक्रेता जी मोटर्सले जनाएको छ ।

यो इभी १.१५ करोड रुपैयाँमाथि पर्ने गरी इभी डेलिभरी भएको हो ।

सबै बुकिङलाई कम्पनीका बिजनेस हेड युगप्रसाद रिमालले डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिए ।

साथै, स्काइवेलले महोत्सवमा अटोतर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ ।

ग्राहकले नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड क्लियरेन्स र सबैभन्दा बढी रेन्ज दिने भएकाले नै स्काइवेलकै प्रिमियम र लङ रेन्ज रोजेको गेलालले बताए ।

आगामी दिनमा कम्पनीले चितवनमा पनि सेल्स, सोरुम, सर्भिस र पाट्र्स सहज रूपमा उपलब्ध गराउने जनाएको छ ।

हाल नेपालमा एक सय ४० वटाभन्दा बढी स्काइवेलका इटी५–६२० किमि प्रिमियम इभी एसयुभी बिक्री भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *