Skip to content
इभी कम्पनी स्काइवेलले चितवन महोत्सवमा ‘बेस्ट स्टल अवार्ड’ प्राप्त गरेको छ । कम्पनीले अटोतर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको हो ।
त्यसैगरी, महोत्सवमै स्काइवेलका पाँचवटा प्रिमियम इभी पनि बिक्री भएका छन् ।
नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६ सय २० किमि दिने स्काइवेल इटी–५ बिई ११ मोडेल बुकिङ महोत्सवबाट डेलिभरी भएको विक्रेता जी मोटर्सले जनाएको छ ।
यो इभी १.१५ करोड रुपैयाँमाथि पर्ने गरी इभी डेलिभरी भएको हो ।
सबै बुकिङलाई कम्पनीका बिजनेस हेड युगप्रसाद रिमालले डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिए ।
साथै, स्काइवेलले महोत्सवमा अटोतर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ ।
ग्राहकले नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड क्लियरेन्स र सबैभन्दा बढी रेन्ज दिने भएकाले नै स्काइवेलकै प्रिमियम र लङ रेन्ज रोजेको गेलालले बताए ।
आगामी दिनमा कम्पनीले चितवनमा पनि सेल्स, सोरुम, सर्भिस र पाट्र्स सहज रूपमा उपलब्ध गराउने जनाएको छ ।
हाल नेपालमा एक सय ४० वटाभन्दा बढी स्काइवेलका इटी५–६२० किमि प्रिमियम इभी एसयुभी बिक्री भइसकेका छन् ।
Post Views: 236