Skip to content
काठमाडौँको चक्रपथ सडक खण्डको बसुन्धरामा सवारी दुर्घटना हुँदा एक जना चालक घाइते भएका छन् ।
शनिबार साँझ पाँचपोखरी सुनौलो यातायातको बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटर सवार चालक गम्भीर घाइते हुन् ।
साँझ ८ बजेतिर भएको सो दुर्घटनामा बस चालक र सहचालक फरार भएका छन् ।
उनीहरु बसलाई सडकमै छोडी फरार भएका हुन् । फरार चालक र सहचालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
Post Views: 242