नेपाल अटो मेकानिक्स ट्रेड युनियन (NATU) र सीजी मोटर्स (CG Motors) द्वारा विद्युतीय सवारी साधन (EV) सम्बन्धी प्रविधिक प्रशिक्षण NATU केन्द्रीय प्रविधिक प्रशिक्षण भवनमा आयोजना गरिएको छ।
यस प्रशिक्षण कार्यक्रममा ६३ जना मेकानिक्स र नेपाली सेनाका प्रविधिकहरूले प्रशिक्षण लिनुभएको थियो।
उक्त कार्यक्रमको अध्यक्षता NATU बुटवलका अध्यक्ष रण बहादुर विश्वकर्माले गर्नुभएको थियो।
प्रमुख अतिथिका रूपमा NATU केन्द्रीय परिषदका प्रमुख जीवन अधिकारी, विशिष्ट अतिथिका रूपमा सीजी मोटर्सका अटोमोबाइल सर्भिस कन्सल्ट्यान्ट केशव चन्द्र सेन, तथा प्रशिक्षकका रूपमा राजनीश प्रियदर्शी (क्षेत्रीय सेवा व्यवस्थापक) र अशोक पंगेनी (क्षेत्रीय सेवा व्यवस्थापक) उपस्थित थिए।
अब केही दिनमै देशभर विद्युतीय सवारी साधन (EV) सम्बन्धी प्रशिक्षण आयोजना गर्न NATU र सीजी मोटर्स तयार छन्।