४० वटा सवारीमा सातवटा मात्र प्रदूषण पास

काठमाडौं महानगरपालिकाले सवारीसाधन प्रदूषण परीक्षण गर्दा लैनचौरमा ४० वटा सवारीमा गरेको परीक्षणमा सातवटा मात्र सवारीले प्रदूषण पास गरेका छन्। यातायातबाट पास भएका गाडी पनि प्रदूषणमा फेल भएकाे हाे ।

महानगरले हालसम्म ३३२ वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १६७ वटा सवारी प्रदूषण फेल भएका भेटिएका हुन् । सवारीसाधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन महानगरले परीक्षण गरिरहेको छ । यस क्रममा फेल भएका सवारीलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको महानगरले जनाएको छ ।

२९ पुसदेखि थालिएको यो सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ । यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारीलाई क्रमशः सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरको तयारी छ।

अहिलेसम्म कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी ,जमल र लैनचाैर  भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन परीक्षण भएको छ।

जाँचका क्रममा फेल भेटिएका सवारीमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुलबस, सरकारी कार्यालयले सञ्चालन गरेको बोलेरो, सामान बोक्ने ट्रकलगायत छन् ।

सवारी जाँच गर्न महानगरको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *