राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक आउँदो सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माबिको शुक्रबार हिरक महोत्सवको उद्घाटन गर्दै सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिए ।
ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्का सडक जोडिने छ । कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको मन्त्री खड्काले बताए ।
नेपाली सेनाले चट्टानी भिर फुटाइसकेकाले उनले बताए । ब्रेक थ्रुसँगै सडकको स्तर उन्नती र चौँडा बनाउने काम गरिने उनले बताए ।
यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलब पाँच किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ । सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको एक सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ ।
यसअघि नै किमाथाङ्काबाट घोङ्घोप्पासम्म १४ किमी सडकको कच्ची ट्याक खुलिसकेको थियो ।
खाँदबारी किमाथाङ्का सडकको दुरी एक सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।