चितवन महोत्सबमा स्काईवेलका ५ प्रीमियम ईभी बिक्री

‘चितवन महोत्सव २०८१’ मा जि मोटर्स प्रा. लि., स्काईवेलका विद्युतिय सवारी साधनको आधिकारिक वितरकले व्यापार मेलाबाट स्काईवेलको १.१५ करोड माथिको, नेपालकै सर्वाधिक रेन्ज ६२० किमी दिने प्रीमियम इभी ‘ईटी ५’ महोत्सवबाट ५ वटा डेलिभरी गरेको छ।

सबै बुकिङलाई जि मोटर्स प्रा. लि. का बिजनेस हेड युग प्रसाद रिमालले स्काईवेलको प्रीमियम इभी डेलिभरी गरेको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिनुभयो।

‘चितवन महोत्सव २०८१’ मा ‘जि मोटर्स स्काईवेल’ ले अटो तर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको छ। “यो माया एवं ग्राहक सद्भावले हामी उत्साहित भएका छौं।

छिट्टै हाम्रा ग्राहकहरूको सुविधालाई ध्यान दिई सेल्स शोरुम तथा सर्विसको पूर्ण सुविधा उपलब्ध गराउने प्रतिबद्धता गर्दछौं।

यस महोत्सवको अवसर प्रदान गरी व्यवसाय प्रवर्द्धन गर्ने मौका दिनुभएकोमा ‘उद्योग वाणिज्य संघ चितवन’ एवं सम्पूर्ण कार्यकारीप्रति हार्दिक आभार व्यक्त गर्दछु,” प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले धन्यवाद ज्ञापन गर्नुभएको छ।

चितवन महोत्सव २०८१ मा उपलब्ध इभीमा स्काईवेलकै प्रीमियम र लङ रेन्ज रोज्नुको कारण भनेको नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड किल्यरेन्स, सबैभन्दा बढी रेन्ज दिने, धेरै सुविधा सम्पन्न जिप इभीमै प्राप्त हुने र युरोपियन बजारमा अब्बल बिक्री भएको गुणस्तरयुक्त सवारी रहेको हो।

यस कारण चितवनका ग्राहकहरूले स्काईवेल रोजेकोमा जि मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले हार्दिक कृतज्ञता एवं धन्यवाद व्यक्त गर्नुभएको छ।

आगामी दिनमा जि मोटर्स प्रा. लि. ले चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रूपमा लिएर अगाडि बढ्ने, एकदम छिट्टै सेल्स, शोरुम, सर्विस र पार्ट्स चितवनका ग्राहकलाई सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

साथै, बिक्री गरिएको १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रीमियम इभीले नेपाली बजार तथा ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफु विश्वस्त रहेको जनाइएको छ।

हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका ईटी ५–६२० किमी प्रीमियम विद्युतिय एसयूभी बिक्री–वितरण भइसकेका छन् भने चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ रहेका छन्।

ईटी ५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम एसयूभी बिक्रीका लागि उपलब्ध छन्।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर, परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू–भागमा सहजै यात्रा गर्न सक्नेछन्।

स्काईवेल ६५ भन्दा बढी देशहरूमा, जस्तै जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै आएको र नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *