पोखरामा अन्तर्राष्ट्रिय उडान

गण्डकी प्रदेशको पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय उडान, सडक सञ्जाल विस्तार, र नीतिगत सुधारमा जोड दिनुपर्ने सरोकारवालाले औंल्याएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार ‘कनेक्टिभिटी’ पर्यटन प्रवर्द्धनको आधार हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र पृथ्वी राजमार्गको छिटो विस्तारमा सरकार लागि परेको छ।

पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएको छ भने प्रदेश सरकारले ‘इन्भेस्ट गण्डकी’ र ‘एग्रो–टुरिजम’ योजनालाई प्राथमिकता दिएको छ।

नीजि क्षेत्रसँग सहकार्य, पूर्वाधार विकास, र लामो योजनामा ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

हिमाल, ताल, साहसिक खेल र सांस्कृतिक विविधताले भरिपूर्ण गण्डकीमा थप सुधारले अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्ने सम्भावना रहेको उनीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *