यमनका हुथी विद्रोहीहरूले अब लाल सागर क्षेत्रमा इजरायलसँग सम्बन्धित जहाजहरूमाथि मात्रै आक्रमण गर्ने सङ्केत गरेका छन् ।
गाजा पट्टीमा युद्धविराम लागू भएपछि यो घोषणा गरिएको हो ।
हुथी विद्रोहीहरूले आइतबार क्यारियर र अन्यलाई पठाएको इमेलमा यस्तो बताएको छ ।
सोमबार यस निर्णयबारे समूहले छुट्टै सैन्य विज्ञप्ति जारी गर्न सक्ने बताइएको छ ।
अबदेखि उनीहरूले पहिला निशाना बनाउँदै आएका जहाजहरूमाथि आक्रमण नगर्ने बताएका छन् ।
यसको अर्थ अब उनीहरूले अन्य जहाजहरूलाई छोडेर इजरायलसँग सम्बन्धित जहाजहरूमाथि मात्र आक्रमण गर्नेछन् । यसलाई समूहले परम्परागत प्रतिबन्धहरूको अन्त्य भनेको छ ।
२०२३ को अक्टोबरमा इजरायल र हमासबिच युद्ध सुरु भएयता हुथी विद्रोहीहरूले लाल सागरमा रहेका झन्डै सय व्यापारिक जहाजहरूमाथि मिसाइल र ड्रोनबाट हमला गरेका थिए ।
यी आक्रमणका क्रममा उनीहरूले केही जहाजहरू कब्जा गरेका थिए ।
दुई वटा जहाज भने आक्रमणका कारण डुबेका थिए ।
केही क्षेप्यास्त्र र ड्रोनहरूलाई अमेरिकी र युरोपेली देशहरूको गठबन्धनले रोकेको थियो ।
केही क्षेप्यास्त्रहरू भने आफ्नो लक्ष्यमा पुग्न सकेनन् ।