गत वर्षको तुलनामा चालु आर्थिक वर्ष (आव)मा विद्युतीय कार/भ्यान आयात बढेको छ ।
भन्सार विभागले सोमवार सार्वजनिक गरेको पछिल्लो ६ महीना (साउन-पुस)को वैदेशिक व्यापारको तथ्यांकअनुसार नेपालमा १३ अर्ब १० करोड ८० लाख ६९ हजार मूल्यका ५ हजार ४६० थान विद्युतीय कार/भ्यान आयात भएका छन् ।
गत वर्षको सोही अवधिमा १२ अर्ब ७३ करोड २७ लाख १ हजार मूल्यका ५ हजार १०७ थान विद्युतीय कार/भ्यान भित्रिएका थिए ।
विभागको तथ्यांकअनुसार नेपाली बजारमा चिनियाँ कारहरूको आयात निरन्तर बढ्दा भारतीय कारको आयात भने घट्दो क्रममा रहेको देखिन्छ ।
चालु आवमा चीन, भारत, जर्मनी, कोरिया र अमेरिकाबाट विद्युतीय कार/भ्यान आयात भएकामा सबैभन्दा बढी चीनबाट भित्रिएका छन् ।
यस अवधिमा चीनबाट मात्रै १० अर्ब ६४ करोड ७८ लाख ७७ हजार मूल्यका ४ हजार २०५ थान विद्युतीय कार/भ्यान आयात भएका छन् ।
यो अवधिमा भारतबाट २ अर्ब २९ करोड ८१ लाख ६५ हजार मूल्यका विद्युतीय कार/भ्यान आयात भएका छन् ।
त्यस्तै जर्मनीबाट १९, अमेरिकाबाट ४ र द. कोरियाबाट २ थान विद्युतीय कार/भ्यान /भ्यान आयात भएका छन् ।
गत वर्षको सोही अवधिमा चीनबाट ८ अर्ब ६० करोड ५८ लाख ७५ हजार मूल्यका ३ हजार १२१ थान विद्युतीय कार/भ्यान आयात भएका थिए ।
सो अवधिमा भारतबाट भने ३ अर्ब ८१ करोड ९३ लाख ४८ हजार मूल्यका १ हजार ९२२ थान विद्युतीय कार/भ्यान नेपाल भित्रिएका थिए ।
त्यसबाहेक कोरियाबाट ३९, इन्डोनेशिया १७, जर्मनीबाट ५ अमेरिकाबाट ३ थान विद्युतीय कार आयात भएका थिए ।