शंकास्पद लाइसेन्स धमाधम सक्कली !

शंकास्पद लाइसेन्स छानबिन समितिले मुलुकभरका ७३ हजार ५८४ लाइसेन्स ‘भेरिफाई’ गर्न भनेको थियो ।

लाइसेन्स जारी भएका कार्यालयका आधारमा विभागले सबै लाइसेन्स भेरिफाई गर्न प्रदेश पठायो ।

जसमध्ये मधेश प्रदेशले सिफारिस भएर गएकामध्ये तीन हजार ६१० लाइसेन्स सक्कली रहेको विवरण विभागमा पठाएको छ ।

ती लाइसेन्स एक हजार ४७२ सिराहाको लहान र दुई हजार १३८ धनुषाको जनकपुरबाट जारी भएका थिए ।

तर, तथ्यांक नहुँदा मधेश प्रदेशबाट कति प्रतिशत लाइसेन्स भेरिफाई भएर आए भन्ने यकिन विवरण दिन विभागले सकेको छैन ।

यातायात व्यवस्था कार्यालय धनुषाले गत १४ मंसिरमै लाइसेन्स भेरिफाई गरी विभागमा पठाएको थियो ।

कार्यालयको पत्रमा भनिएको छ, ‘चालक अनुमतिपत्रको सम्बन्धमा भेरिफाई गरी गलत तरिकाबाट जारी भए/नभएको यकिन गरी पठाउन भनी श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेश जनकपुरधामको प.सं.२०८०/०८१ च.नं. ३२६ अनुसार यकिन गरी पठाउन भनी लेखिआएकाले यस कार्यालयमा रहेका रेकर्डहरू भेरिफाई गरी पठाइएको छ ।’

सिआइबीका अनुसार भेरिफाई गर्न गण्डकी प्रदेश पठाइएका शंकास्पद लाइसेन्स पनि सक्कली बनाउने खेल भइरहेको छ ।

शंकास्पदमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशबाट जारी भएका लाइसेन्स छन् ।

विभागले पत्राचार गरेका सबै शंकास्पद लाइसेन्स सक्कली रहेको भन्दै पत्रचार गर्न श्रम तथा यातायात मन्त्रालय गण्डकी प्रदेश पोखराको तयारी रहेको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *