चितवन अटोमोवाईल्स एसोसियसन र अटोमोवाईल्स बचत तथा ऋण सहकारी संस्था द्वारा आयोजित ऐतिहासिक वृहत पारिवारिक वनभोज कार्यक्रम दुवै संस्थाका अध्यक्ष कुल बहादुर क्षेत्री (राजु) र कृष्ण प्रसाद काफ्लेको अध्यक्षतामा, अटोमोवाईल्स साकोसका संस्थापक अध्यक्ष भीमलाल न्युरेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा अतिथिहरू क्रमशः अटोमेकानिकल साकोसका अध्यक्ष प्रेम प्रसाद पाण्डे, चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष राम बहादुर तिमिल्सेना, अटो नेपाल पत्रिकाका सम्पादक रोसन कुमार श्रेष्ठ, दुवै संस्थाका पदाधिकारी तथा सदस्य, संस्थाका पूर्व अध्यक्ष, दुवै संस्थाका सेयर सदस्य लगायत नानीबाबु गरी १८० भन्दा बढीको उपस्थितिमा भव्य रूपमा सम्पन्न गरियो।
औपचारिक कार्यक्रममा अटोमोवाईल्स साकोसका अध्यक्षले उपस्थित सबैलाई स्वागत मन्तव्यसहित अटोमोवाईल्स साकोसको मोबाइल बैंकिङबारे जानकारी गराउनुभएको थियो।
प्रमुख अतिथिले अनावरण गरिएको अटोमोवाईल्स साकोसको मोबाइल बैंकिङ एप्सबारे चर्चा गर्दै, हाम्रो सहकारी समुदायमा आधारित संस्था भएकाले ढुक्कसाथ आफ्नो हातबाट कारोबार गर्न र संस्थाप्रति विश्वास गर्न सबैलाई अनुरोध गर्नुभएको थियो।
उपस्थित अतिथिहरूले परिवारसँग संस्थालाई जोडेर वनभोज कार्यक्रम गर्नुले संस्थालाई अझ नजिकबाट बुझ्ने वातावरण सिर्जना गरेको बताउनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरू तथा विभिन्न खेलकुद गतिविधिमा भाग लिई पुरस्कृत हुनेहरूमध्ये १६ वटा लक्की ड्रका लागि उपहार सौजन्य गर्ने व्यवसायिक फर्महरू र सदस्यहरूलाई चितवन अटोमोवाईल्स एसोसियसनका अध्यक्षले धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव मोहन केसीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजक संस्थाका सहसचिव अभिनाश श्रेष्ठ रहनुभएको थियो।