राइडिङ ईभेन्ट सफलतापूर्वक सम्पन्न:

कालु पाँडे डाँडामा हरित यात्राको संदेश जीरो इमिसन राइड एनको आयोजनामा विशेष इलेक्ट्रिक स्कुटर राइडिङ ईभेन्ट ऐतिहासिक स्थल कालु पाँडे डाँडामा गत शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।

यो कार्यक्रमले इलेक्ट्रिक स्कुटरको वातावरणीय महत्व, दिगो यातायातको सम्भावना, र हरित भविष्यप्रति जनचेतना जगाउन ठुलो भूमिका खेलेको छ।

सहभागीहरूमा Mrs. Nepal World 2024 का विजेताहरू, मिडिया प्रतिनिधि, र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू रहेका थिए।

कार्यक्रमको यात्रा बिहान लुयान नेपाल शो रुमबाट सुरु भई, कालु पाँडे डाँडामा मनोरम दृश्यहरू र ऐतिहासिक महत्वको अनुभव गर्दै सम्पन्न भयो।

सहभागीहरूले उक्त स्थलको सुन्दरता, इलेक्ट्रिक स्कुटरको प्रभावकारिता, र वातावरणमैत्री यात्राको अनुभव बाड्न पाए।

कार्यक्रमका क्रममा सहभागीहरूले इलेक्ट्रिक स्कुटरको उन्नत विशेषताहरू जस्तै लामो ब्याट्री जीवन, र वातावरणमैत्री प्रविधिको प्रयोगबारे जानकारी प्राप्त गरे।

साथै, फोटोसुट र भिडियोसुटमार्फत यस कार्यक्रमले नेपालको प्राकृतिक सौन्दर्य र पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याएको छ।

जीरो इमिसन राइड एनका बिक्रि-प्रमुख शंकर शर्माले भने, “यो ईभेन्टले इलेक्ट्रिक स्कुटरले नेपाली परिवेशमा कस्तो सकारात्मक प्रभाव पार्न सक्छ भन्ने देखाएको छ।

यसले न केवल हरित यात्रालाई प्रोत्साहित गर्‍यो, तर सामाजिक उत्तरदायित्व र महिलाहरूको सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान पुर्‍यायो।”

सफलतापूर्वक सम्पन्न यस ईभेन्टले दिगो यातायाततर्फको यात्रालाई थप प्रेरणा प्रदान गरेको छ। सहभागीहरूको उत्साह र योगदानले कार्यक्रमलाई अविस्मरणीय बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *