कडा पारेको छ सरकारले नियम
आधिकारिक तथ्याङ्क अनुसार, भारतीय विमान सेवा प्रदायकहरूले अक्टोबरमा मात्रै बम राखेको भन्दै ६६६ वटा झुटा धम्की पाएका थिए ।
गएको वर्ष नोभेम्बर १४ सम्म ९९९ वटा यस्ता धम्की प्राप्त भएका थिए । यस्ता घटना बढेपछि सरकारले विमान सुरक्षा नियमहरूमा संशोधन गरेको छ ।
यस्ता झुटा धम्की दिने वा फोन गर्नेहरूलाई सजाय हुन सक्नेछ र उनीहरूको उडानमा प्रतिबन्ध पनि लाग्न सक्नेछ ।
नयाँ नियम अन्तर्गत, अपराधीलाई १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
यसबाहेक, कुनै पनि व्यक्ति वा व्यक्तिहरूको समूहलाई विमानमा प्रवेश गर्न अस्वीकार गर्ने अधिकार नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) का महानिर्देशकसँग रहेको छ ।