साँघुरो पुलमा अहिले प्रायजसो दुईपाङ्ग्रे सवारी साधानको जाम हुने गरेको छ ।
नख्खुडोलका स्थानीय कमल राईले कार्यालय समयमा पुलमा अत्यधिक जाम हुँदा समस्या भइरहेको बताए ।
उनले भने, “बाढीले क्षति गरेको चार महिना बित्न आँटिसक्यो, अहिलेसम्म जीर्ण अवस्थामा रहेको नख्खुडोल पुल अझै मर्मत भएको छैन । यसले गर्दा आवतजावत गर्न निकै असहज भएको छ ।”
पुल मर्मतका लागि ललितपुर महानगरपालिकाले रु ६७ लाख विनियोजन गरेको छ ।
ललितपुर महानगरपालिका–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले पुल मर्मत चाँडै सुरु गरिने बताए।
ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले पुल मर्मतमा विलम्ब भएको स्वीकार गरे । उनले भने, “अहिले अस्थायी रूपमा मोटरसाइकल आवतजावत गर्न मिल्ने बनाइएको छ ।
पुल मर्मतमा ढिलासुस्ती हुँदा स्थानीयलाई आवातजावत गर्न असहज भएको पक्कै हो, अब छिट्टै समस्याको समाधान हुन्छ ।”