हायस र ट्रक ठोक्किँदा १६ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाटमा हायस र ट्रक ठोक्किँदा १६ जना घाइते भएका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनीहरूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख ६६६ नम्बरको हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१८ नम्बरको ट्रक धादिङको गल्छी गाउँपालिका– ४ स्थित आदमघाटमा ठोक्किएको हो।

दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *