निरन केसी वाडा अटो सोको संयोजक

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन  (वाडा)ले पोखरामा ‘वाडा अटो सो २०२५’ आयोजना गर्ने भएको छ ।

वाडाको कार्यसमिति बैठकले चैत भित्र अटो सो आयोजना गर्ने निर्णय गरेको छ ।

अटो सो सम्पन्न गर्नका लागि उपाध्यक्ष निरन केसीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।

वाडा अटो सो सम्पन्न गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न र उपसमितिहरु गठन गर्नका लागि संयोजक केसीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

सरोकारवालाहरुसँग आवश्यक परामर्श गरी चैत भित्र अटो सो सम्पन्न गर्ने गरी तयारी सुरु भएको संयोजक केसीले जानकारी दिए ।

nabil bank

‘पोखरामा हामीले पहिलो पटक बृहत अटो सो आयोजना गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘अटो सो भव्य रुपमा सम्पन्न गर्ने गरी हामी तयारीमा जुट्नेछौं ।’ छिट्टै उपसमितिहरु गठन गर्ने पनि केसीले जानकारी दिए ।

पोखरामा अटो सो आयोजना हुँदा अटोमोबाइल क्षेत्रमा थप उत्साह हुनेमा आफूहरु विश्वस्त रहेको वाडाका अध्यक्ष कोइरालाले बताए । नाडाको समेत साथ लिएर अटो सो आयोजना गरिने उनले बताए ।

गत साता सम्पन्न वाडाको १९औं साधारणसभा तथा १०औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको शतप्रतिशत उपस्थितिमा वाडाको बैठक बसेर अटो सो आयोजना गर्ने लगायतका निर्णय गरेको महासचिव विनय थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *