किन बढ्यो सवारी साधनको भाडादर ?

गत वर्षको तुलनामा नेपालमा इन्धनको मूल्य घटेको बेला सरकारले भने सवारी साधनको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुने गरी यात्रुवाहक सवारी साधनमा ३.३० प्रतिशले भाडा बृद्धि गरेको हो । यसअघि २०८० को ३१ साउनमा भाडादर समायोजन भएको थियो ।

यातायात मन्त्री देवेन्द्र दाहालकै सहमतिअनुसार भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ ।

इन्धनको मूल्य मात्र नभई बजार मूल्य, श्रमिकको पारिश्रमिक, सञ्चालन खर्च लगायतको आधारमा भाडा बृद्धि भएको विभागले जनाएको छ।

सवारी साधनको भाडामा भएको वृद्धिले समग्र बजारमा मूल्यबृद्धि हुने गर्दछ।

यातायात व्यवसायीहरू भाडा वृद्धिका लागि दबाब दिदै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *