स्मार्ट लुब्रिकेंट्सको तेस्रो वार्षिक साधारण सभा चाहिँ थाइल्याण्डको बैंककमा हुने भएको छ र यो स्मार्ट लुब्रिकेंट्सले अहिले नेपालमै उच्च गुणस्तरको विदेशी क्वालिटी बराबरको लुब्रिकेंट्स उत्पादन गरिरहेको छ ।
यो कम्पनीले यस वर्ष झन्डै ३०% सेल्स ग्रोथ गरेको छ र आगामी दिनमा पनि कम्पनीले अझ प्रभावकारी रणनीति बनाइरहेको छ ।
खराब परिस्थितिको बाबजूत र आर्थिक मन्दीमा पनि गत सालभन्दा कम्पनिले सेल्समा ३०% बृद्धि गरेको अबस्था छ ।
Yamaha Dost बिगत १७ बर्षदेखी लुब्रिकेन्टस् व्यावसाय गर्दै आएका व्यावसयीहरुको समहुले यो उद्योग संचालनमा ल्याएका हुन् ।
संचालनमा आएको छोटो समयमा नै ग्राहकको बिश्वास जित्न सफल ब्राण्डको रुपमा स्मार्ट लुब्रिकेन्टस् स्थापित भएको निर्देशक वराइलीले बताए ।
उनले भने, ‘आजका दिनमा यस उद्योगले बिषेश गरी ग्रीज , ईजिन आयल, हाईड्रोलीक र गीयर आयल सहित करिव ४० देखी ४५ प्रकारका लुव्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको छ ।
यी उत्पादनको बिक्री वितरण सहज बनाउन मेचिदेखी महाकालीसम्म नेटवर्क बिस्तार भैसकेको छ ।’
झापामा उद्योग स्थापना गरी उत्पादन हुँदै आइरहेको यो ब्राण्डले पछिल्लो समय नेपाली लुव्रिकेन्ट्स व्रान्डमा अलग छाप पार्न सफल भएको छ!
स्वदेशमै गुणस्तरिय लुव्रिकेन्ट्स उत्पादन गरी रोजगारी सिर्जना गर्नु र नेपाललाई लुव्रिकेन्ट्स उत्पादनमा आत्मनिर्भर बनाउनु आफूहरुको मुख्य लक्ष्य रहेको कार्यकारी निर्देशक बराइलीको भनाई छ ।