नेटा अटोले अवार्ड जित्यो

नेटा अटोले अवार्ड जित्यो: अटोमोबाइल उद्योगमा नवीनताका साथ नेतृत्व गरिरहेको नेटा अटोले २०२४ बेंचमार्क ब्रान्ड अवार्ड बिक्रीपछिको उत्कृष्ट सेवाका लागि जित्दै ठूलो उपलब्धि हासिल गरेको छ।

चिनको प्रतिष्ठित “चाइना अटोमोटिभ भ्वाइस अफ चाइना अवाड्र्स“ मा यो सम्मान प्राप्त गर्ने एकमात्र उदाउँदो अटोमोबाइल कम्पनी बनेको नेटा अटोले उत्कृष्ट ग्राहक सेवा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ।

साथै, नेटा अटोले २०२४ भ्वाइस अफ चाइना, बिक्रीपछिको सेवा सन्तुष्टि अवार्ड पनि प्राप्त गरेको छ।

यस सम्मानले नेटा अटोको ग्राहक प्राथमिकतामा आधारित सेवाहरूको उच्च स्तर र निरन्तर नवप्रवर्तन गर्ने चाहनालाई अझ मजबुत बनाएको छ।

भ्वाइस अफ चाइना अवार्ड ग्राहक सन्तुष्टिमा नयाँ मापदण्ड स्थापित गर्ने ब्रान्डहरूको प्रशंसा गर्दछ।

नेटा अटोले उत्कृष्ट सेवा र ग्राहक–प्रथम दृष्टिकोणका लागि विशेष स्थान बनाएको छ।

नेटा अटोका विद्युतीय सवारीसाधनहरूमा ४०.७ पध् ब्याट्री क्षमता, ३०% देखि ८०% सम्म चार्ज गर्न मात्र २० मिनेटको समय लाग्छ भने एक पटकको चार्जमा ३८० किमी रेन्जमा दौडिन सक्छ ।

ब्याट्री ८ वर्षसम्मको ग्यारेन्टी रहेको छ । एक पटकको चार्जमा ५०० किमी सम्मको यात्रा हुने नेटाले जनाएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *