पुल तरेको मोटरसाइकललाई ५० रुपैयाँ: कन्काई पुल नबनेपछि स्थानीय भने जोखिपूर्ण रूपमा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गरिरहेका छन् । त्यो पनि पैसा तिरेर ।
गौरीगन्ज गाउँपालिकाले हिउँदमा बाँसको पुल निर्माण र बर्खामा डुंगा सञ्चालनका लागि दुई लाख ३० हजारमा स्थानीय ईश्वर माझीलाई ठेक्का दिएको छ ।
माझीले बाँसको लामो पुल बनाएका छन् । जसबापत उनले मोटरसाइकलमा यात्रा गर्नेलाई ५० रुपैयाँ र साइकलमा यात्रा गर्नेलाई ३० रुपैयाँ लिन्छन् ।
‘पुल नबनेपछि यात्रा त गर्नुपर्यो । यात्रा सहज बनाउन बाँसको पुल लाएको छु,’ माझी भन्छन्, ‘स्थानीय सरकारलाई दुई लाख ३० हजार कर तिरेको छु । अनि मैले लगानी त उठाउनै पर्यो ।’
पुल निर्माण नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको झापा गाउँपालिका–२ की तारादेवी डाँगीले बताइन् । ‘पुल निर्माण नहुँदा साह्रै गाह्रो भएको छ ।
अलिअलि काम भएपछि आशा पलाएको थियो । तर, काम नभएको एक वर्ष भयो,’ उनी भन्छिन्, ‘सबै सामान पनि उठाएर लगेपछि त आशा नै मरेको छ ।
अब त यो पुलमा हिँड्न पाइएलाजस्तो लाग्न छाडेको छ ।’