http://चेपाङ तथा विपन्न बालबालिकाहरुलाई न्यानो लुगा वितरण : बेनिघाटरोराङ गाउँपालिका धादिङको समन्वयमा सहयोगी महिला जागरण मञ्च र मानवीय परोपकारी संस्था नेपालद्वारा बुद्धि विकास आधारभूत विधालय बेनिघाटरोराङ-७ चरौँदीमा अध्ययनरत् चेपाङ र विपन्न समुदायका ११५ जना वालवालिकाहरुलाई एक कार्यक्रम बिच आपतकालिन न्यानो लुगा वितरण कार्य सम्पन्न भएको छ ।
कार्यक्रमको व्यवस्थापन बुद्धि विकास आधारभूत विधालयले गरेको थियो ।
न्यानो लुगा उपलब्ध गराउन मनमोहन मेमोरियल अस्पतालका समाजसेवी डा. मनोर शैयद, सहयोगी महिला जागरण मञ्चका सल्लाहकार रुपा शाही तथा अमेरिका निवासी अमोद कटुवालको विशेष सहयोग रहेको थियो ।
न्यानो लुगा वितरण पश्चात विधालयबाट मायाको चिनो स्वरुप प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रम संयोजन गर्नु हुने बेनिघाटरोराङ गाउँपालिकाका उपाध्यक्ष टप बहादुर श्रेष्ठ र सहयोग दाताहरु साथै कार्यक्रम व्यवस्थापन गर्नुहुने विधालय परिवार तथा सम्पुर्ण आदरणीय व्यक्तित्वहरुमा हृदयदेखी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनी हामीबाट अत्यावश्यक कार्यहरुमा सकेको सहयोगको लागि समन्वय सहकार्यको लागि सदैव तयार रहेको जानकारी सहयोगी महिला जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले दिनुभयो ।