बोलेरो दुर्घटनामा घाइते भएका पुरुषको मृत्यु: राक्सिराङ गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा घाइते भएका कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको छ।
राक्सिराङ गाउँपालिका–५, चाक्लेबगरस्थित भित्री सडकमा मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च २९४६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा गोम्बाको मृत्यु भएको हो।
उक्त गाडी सडकबाट करिब ३-४ मिटर तल बगरमा खसेको थियो। बोलेरोमा आठजना रहेको र गोम्बाको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
गम्भीर घाइते उनको उपचारको क्रममा मनहरी गाउँपालिकास्थित मनहरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।
दुर्घटनामा परेका अन्यको अवस्था सामान्य रहेको छ। घटनापछि बोलेरोका चालक फरार भएको र उनको खोजी भइरहको प्रहरी निरीक्षक सापकोटाले बताए।