जेसिबीको ठक्करबाट पैदलयात्रुको मृत्यु : ललितपुरको गोदावरीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका– १० टाखेलस्थित सडकमा ना.१क ५९१३ नम्बरको जेसिबीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका– १० मूलडोल बस्ने ५६ वर्षीय मंगल तामाङको शनिबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको ।