पहिलो पटक अवार्ड कार्यक्रम

http://पहिलो पटक अवार्ड कार्यक्रम : मोटर स्पोर्ट्‌स नेपाल क्लबका सदस्यहरुले नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ का विभिन्न विधामा विजयी राइडरुलाई पहिलो पटक विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो ।

सो इभेन्टको नेसनलतर्फ श्रीहरी पौडेल विजेता बने भने फर्स्‌ट रनर अप रितेस खत्री  र सेकेन्ड रनर अप दिलिप दनुवार बने ।

त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजेता बने भने फर्स्‌ट रनर अप रुमु हाङ राई र सेकेन्ड रनर अभिनव राज मल्ल बने ।

नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतका अन्य पदाधिकारीहरु अनिल कुमार बराल, सन्तोष न्यौपाने, कृष्ण सापकोटा लगायतका व्यक्तिहरुले मोटर स्पोर्ट्सका बारेमा बोल्दै नेपाली खेलाडीहरुलाई कर्पोरेट हाउस तथा दुईपांग्रे सवारी साधन विक्रेता, कम्पनीहरुको साथ, सहयोग र सपोर्टको निकै खाँचो रहेको बताउनुभयो ।

मोटर स्पोर्ट्‌स नेपाल क्लबले पहिलो पटक आयोजना गरिएको अवार्ड कार्यक्रममा प्रायोजकहरु कवच सेप्‌िmट गियर्स, युथ कलेक्सन, MNK, यामाहा, Official Performance Partner सेल

लुब्रिकेन्ट, क्यास्ट्रोल, भाल्भोलिन लुब्रिकेन्ट कम्पनीका प्रतिनिधिहरू एवं अफिसियल मिडिया, अटो नेपालका प्रकाशक तथा डाईरेक्टर रोशनकुमार श्रेष्ठलाई क्लबका कार्यकारी निर्देशक विनोद तण्डुकारले मायाको चिनो प्रदान गरेको थियो ।

यस कार्यक्रममा २०२४ का विभिन्न सिरिजका विजेता खेलाडीहरुलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

मोटर स्पोर्ट्‌स नेपाल क्लबका सचिव निमेश ज्ञवालीले आगामी वर्षको खेल तालिका समेतको जानकारी गराई यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्न प्रायोजकहरुलाई समेत आव्हान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *