अब यातायातमा छुट्टै बायोमेट्रिक दिनुनपर्ने

अब यातायातमा छुट्टै बायोमेट्रिक दिनुनपर्ने : अब लाइसेन्स लिँदा तथा नवीकरण गर्दा यातायात कार्यालयमा बायोमेट्रिक दिने तथा फोटो खिच्नु नपर्ने भएको छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्धता गरी यातायातमा छुट्टै बायोमेट्रिक दिनुनपर्ने व्यवस्था गर्न लागिएको छ ।

यसका लागि राष्ट्रिय परिचयपत्र नम्बर भने अनिवार्य हुनेछ ।

‘राष्ट्रिय परिचयपत्र नम्बरबाटै बायोमेट्रिक विवरण लिने गरी तयारी गरिरहेका छौँ,’ बागमती प्रदेश यातायात कार्यालयका सूचना अधिकारी खगेन्द्र पौडेलले भने,‘करिब दुई सातापछि यातायात कार्यालयमा गएर नयाँ बायोमेट्रिक दिइरहनुपर्ने छैन ।

यसले सेवाग्राहीलाई धेरै सहज हुनेछ ।’ यो प्रणाली सुरु भएपछि बागमती प्रदेशका जुनसुकै कार्यालयबाट जारी भएका लाइसेन्स भएपनि अर्काे कार्यालयबाट नवीकरण गर्न सहज हुने उनी बताउँछन् ।

अर्बौँ खर्च गरेर बायोमेट्रिकसहितको राष्ट्रिय परिचयपत्र प्रणाली बनाए पनि त्यसको प्रयोग हुन सकेको छैन । सरकारले लाइसेन्सलगायत सेवामा यसको आबद्धता गर्न लागेको हो ।

यसबाट लाइसेन्समा हुने फर्जी काम पनि धेरै नियन्त्रण हुने राष्ट्रिय परिचयपत्र विभागका अधिकारी बताउँछन् ।

यसमा अन्य प्रदेशले पनि अझै तयारी गरेका छैनन् ।

यसअघि नै राष्ट्रियपत्र र यातायात व्यवस्था विभागबिच लाइसेन्सको अनलाइन फारम भर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने र परिचयपत्रले नै लाइसेन्सको काम गर्ने गरी मान्यता दिने सझमदारी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *