स्कुटी दुर्घटनामा गुल्मीमा दुईजनाको मृत्यु

स्कुटी दुर्घटनामा गुल्मीमा दुईजनाको मृत्यु: गुल्मीमा स्कुटी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

चन्द्रकोट गाउँपालिका-७, सिस्नेखोलास्थित रिडी-रुद्रवेणी-बामी सडकखण्डमा लु१७प १६४४ नम्बरको स्कुटी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चन्द्रकोट गाउँपालिका-६, झापक बस्ने ३० वर्षका विनोद विक र ४० वर्षका किरण थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीमा लगिएको भए पनि डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक थापाले बताए।

स्कुटी सडकबाट करिब २५० मिटर तल खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *