सूर्य छुने प्रयासमा नासाको अन्तरिक्षयान

सूर्य छुने प्रयासमा नासाको अन्तरिक्षयान: अमेरिकी अन्तरिक्ष निकाय नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा छ।

नासाको योजनाअनुसार ‘पार्कर सोलर प्रोब’ नामक उक्त यान सूर्यको बाह्य मण्डलमा प्रवेश गर्ने छ।

त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गर्नुपर्छ।

उडानका क्रममा उक्त यान केही दिन सञ्चार सम्पर्कबाट छुट्टिने छ।

वैज्ञानिकहरू उक्त यान सकुशल रहे नरहेको पत्ता लगाउन संकेतको प्रतीक्षामा हुने छन्।

त्यस्तो संकेत सम्भवतः यही साता डिसेम्बर २७ अर्थात् शुक्रबार  प्राप्त हुने छ।

यो सानो अन्तरिक्षयानले सूर्यले कसरी काम गर्छ भन्ने अझ राम्ररी बुझ्न सघाउने आशा वैज्ञानिकको छ।

‘सयौं वर्षदेखि मानिसले सूर्यबारे अध्ययन गर्दै आएका छन्।

तर, नपुगेसम्म कुनै ठाउँ कस्तो छ भन्ने महसुस गर्न सकिँदैन’, नासाको विज्ञान विभागकी प्रमुख निकोला फक्सले भनिन्।

उनका अनुसार सूर्यको निश्चित भाग कस्तो छ भनेर थाहा पाउनका लागि पनि त्यहाँ त्यस्तो उडान गर्नै पर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *