विमान दुर्घटना भएको कि खसालिएको हो ?

विमान दुर्घटना भएको कि खसालिएको हो ?: काजकिस्तानमा बुधवार अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो ।

यस दुर्घटनामा ३८ जनाको मृत्यु भयो भने अरू २९ जना बाँच्न सफल भए ।

बाकुबाट रुसको चेचन्यास्थित ग्रोन्जी विमानस्थलतर्फ अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान गइरहेको थियो ।

चरासँग ठोक्किएकोले विमान दुर्घटना भएको दाबी गरिएको छ ।

चरा ठोक्किएर विमानको अक्सिजन ट्याङ्की फुटेको दाबी छ ।

विमानमा ६७ जना सवारमध्ये ३७ जना अजरबैजानका र १६ जना रुसका नागरिक थिए ।

विमान साँच्चै दुर्घटना भएको हो ? वा विमान खसालियो? रुससँग बदला लिन शत्रुले विमान खसाल्ने षड्यन्त्र गरेका हुन्  कि ?

काजकिस्तानमा दुर्घटनाग्रस्त विमानको बाहिरी हिस्सामा छर्रा लागेको जस्तो दाग देखिएकोले यस्ता प्रश्न उठिरहेका छन् ।

युक्रेनी ड्रोन ठानेर रुसले नै विमान खसालेको हुन सक्ने हल्ला पनि चलिरहेका छन्।

विज्ञहरूका अनुसार काजकिस्तानमा दुर्घटनाग्रस्त भएको विमान बाहिरी कारणले गर्दा दुर्घटनामा परेको थियो ।

विमान दुर्घटना हुनै लाग्दा पाइलटहरूले रुसी वायुसेनालाई सम्पर्क गरेका थिए ।

रुसी एयर डिफेन्सले युक्रेनी ड्रोन आक्रमणको जवाफ दिँदै गर्दा पाइलटहरूले सङ्कटकालीन कल गरेका थिए ।

त्यसो भए के रसियालाई व्यस्त बनाएर अजरबैजान एयरलाइन्सको विमानलाई निशाना बनाइएको हो ?

यस्तै योजना हो भने दुस्मन सफल भएका छन् । तर, यसको कतैबाट पुष्टि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *