बजारमा एक्साइड ब्याट्रीकै माग छ

– भिमबहादुर थापा
हारती अटो वर्कशप, सातदोबाटो

http://बजारमा एक्साइड ब्याट्रीकै माग छ : मैले २०४२/०४३ तिर नै लगनखेल एरियामा पार्ट टाइम काम गर्ने गर्थे ।

त्यसपछि मैले सानो गाडीको काम पुतलीसडकमा सिकेको थिएँ ।

पुरानो बसपार्कमा ठुला गाडीको इलेक्ट्रिसियनको काम हुन्थ्यो ।

म सँग साझा यातायातको पनि अनुभव छँदै थियो ।

२०४४ सालदेखि मैले लगनखेल बसपार्कमा आफ्नो पूर्णकालीन व्यवसाय सुरु गरें ।

सोही व्यवसायलाई २०४६ सालदेखी हारती अटो वर्कशप नामक वर्कशप, सातदोबाटोमा खोली हालसम्म त्यसैलाई सञ्चालन गरिरहेको छु ।

यहा“ ब्याट्री धेरै देखियो, यसको के काम हुन्छ ?
ब्याट्रीमा चार्जिङ डाइनामो हुन्छ, त्यसले काम नगर्दा खोलेर ल्याएर यहाँ चार्ज राखेर मर्मत गर्नुपर्छ ।

त्यसका लागि यहाँ धेरै ब्याट्री छन् । ब्याट्रीले कति एम्पियर विद्युत उत्पादन गरेको छ, त्यसको पनि परीक्षण गर्नुपर्छ । कतिपय ब्याट्री बनाउन मिल्दैन, त्यो ब्याट्री कवाडीमा जान्छ । अहिले बनाउन नमिल्ने ब्याट्री बढी आउँछ ।

इभी गाडी बनाउन सकिन्छ कि सकिंदैन ?
इभी खासै आउँदैन, कुनै–कुनै इभीको सामान्य मर्मत भने हामीले गरिसक्यौं ।

बजारमा कुन ब्याट्रीको माग बढी छ ?
अहिले बजारमा एक्साइड ब्याट्रीकै माग छ, उपभोक्ता अनकनाउँछन् अनि एक्साइड नै हाल्नु भन्छन् ।

महँगो भए पनि त्यसकै माग छ ।

क्वालिटी अरुको जस्तै छ कि फरक छ ?
अरुभन्दा यो बढी नै चलेको अनुभव मैले गरेको छु ।

वाइरिङको मेकानिक्स कम हुन्छ, हो ?
कमै हुन्छ तर मसँग काम सिकेका धेरै वाइरिङ मेकानिक्स अहिले चारैतिर फैलिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *