काइयी ई-क्यूट ०४ को सफल वितरण: जी.ओ. अटोमोबाइल्स प्रा. लि. र लक्ष्मी ई–मोबिलिटी, नेपालका लागि काइयी गाडीहरूको आधिकारिक वितरकले ३० युनिट काइयी ई–क्यूट ०४ इलेक्ट्रिक गाडीहरू सफलतापूर्वक वितरण गरेको घोषणा गरेको छ।
यो उपलब्धिले नेपालमा हरित र ऊर्जा–कुशल सवारी साधनहरूको स्वीकृति बढ्दै गएको पुष्टि गर्दछ।
काइयी ई–क्यूट ०४ का कम्पनीहरुले अब दिगो र पर्यावरण–मैत्री यातायातलाई अंगाल्ने समुदायमा आफ्नो स्थान बनाइसकेका छन्।
“हामी जी.ओ. अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटी परिवारले यो अद्वितीय उपलब्धिलाई हाम्रो सम्मानित ग्राहकहरूसँग मनाउन पाउँदा गर्व महसुस गरेका छौं।
यो उपलब्धिले नेपालमा विद्युतीय गाडीहरूको स्वीकृति बढ्दै गएको देखाउँछ र हरित यातायात समाधान प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई बलियो बनाएको छ,“ कम्पनीका प्रतिनिधिले बताए।