एओजी एक्स कल्टको ओभर नाइट राइड

एओजी एक्स कल्टको ओभर नाइट राइड: एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सफलतापूर्वक सम्पन्न भएको छ ।

यात्राको आयोजना पुस ५ र ६ गते (२० र २१ डिसेम्बर) गरिएको थियो ।

राइडअन्तर्गत सहभागीहरूले काठमाडौंदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको दि लास्ट रिसोर्टसम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा गरेका थिए ।

कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मन पराउनेहरूको उल्लेखनीय सहभागिता रहेको जानकारी दिइएको छ ।

कार्यक्रममार्फत आयोजकले सहभागीहरूलाई रोमाञ्चक यात्राको अनुभवका साथै सामाजिक उत्तरदायित्वको संयोजन गर्ने साझा उद्देश्य बोकेका थिए ।

‘राइड फर चेन्ज’ पहलअन्तर्गत समूहले भीमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए ।

भीमसेन मावि एक दुर्गम विद्यालय हो । यहाँ १ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।

तीमध्ये आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बास गर्छन् ।

यात्रामा सहभागीहरूले विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरू वितरण गरेको आयोजकले बताएको छ ।

यो उदार कार्यले एओजी एक्स कल्टको नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउने अटल प्रतिबद्धतालाई उजागर गरेको छ ।

यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीहरूले बञ्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए ।

बञ्जी अनुभव संगाल्ने अधिकांशले पहिलो पटक यो रोमाञ्चक अनुभवमा लिएका थिए ।

रोमाञ्चक साहसिक गतिविधि र सीएसआर योगदानहरूको मिश्रणले यो यात्रा अविस्मरणीय र प्रभावकारी बनाएको कम्पनीले बतायो ।

एओजी एक्स कल्टले उद्देश्यपूर्ण यात्राको नयाँ परिभाषा स्थापित गर्न सघाएको आयोजकको भनाइ छ ।

यसले बाइकर्सलाई नेपालको प्राकृतिक सौन्दर्य अन्वेषण गर्न प्रेरित गर्नुका साथै आवश्यकतामा रहेका नेपाली जनतालाई सहयोग गर्ने उद्देश्य राखेको छ ।

यस्ता पहलहरूको माध्यमबाट समूहले जोश, उत्साह र सामाजिक उत्तरदायित्वबाट प्रेरित एकजुट समुदाय निर्माण गर्ने लक्ष्य बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *