एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने

एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने: मुगुको छायानाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ ।

मंगलबार आयोजित १०औँ साधारणसभाका क्रममा सहकारीले सेयर सदस्यका छोराछोरीलाई निजी स्कुलको फीमा २५ प्रतिशतसम्म छुट दिने, प्राणघातक रोग लाग्दा विनाब्याज दुई लाखसम्म ऋण उपलब्ध गराउने, दुर्घटना र स्वास्थ्य बिमामा आबद्ध गराउनेलगायत घोषणा गरेको हो।

०७१ सालमा ४१ जना सेयर सदस्यबाट १२ लाख जम्मा गरी स्थापना भएको यस सहकारीमा हाल ११ हजार दुई सय ३५ जना सेयर सदस्य पुगेका छन् भने ३३ जना कर्मचारी र दुई स्थानमा सेवा केन्द्र खोलिसकेको छ।

छायानाथ सहकारीका अध्यक्ष भूपेन्द्र मल्लका अनुसार ४१ जना सेयर सदस्यबाट सुरु गरिएको संस्था अहिले ११ हजार दुई सय ३५ जना सेयर सदस्य पुगेका छ्न् ।

लघुवित्तमा आबद्ध सदस्य संख्या आठ हजार १२०, लघुवित्त केन्द्र ३८६ र लघुवित्त समूह एक हजार पाँच ५४४ रहेका छ्न्।

सहकारीको कुल सम्पत्ति २५ करोड १३ लाख ५७ हजार छ । सेयर पुँजी २६ करोड चार लाख ८४ हजार छ भने बचत संकलन १९ करोड चार हजार छ ।

यस्तै,  ऋण १७ करोड २० लाख ६ हजार ऋण प्रवाह गरेको छ भने जगेडा कोषमा २८ लाख २९ हजार, अन्य कोषमा ८२ लाख ४५ हजार छ । संस्थाको असुलीदर ९९ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *