सवारीसाधनमा शतप्रतिशत जरिवाना कर छुट

सवारीसाधनमा शतप्रतिशत जरिवाना कर छुट: यातायात व्यवस्था कार्यालय वीरगन्जले सबै प्रकारका सवारीसाधन कर र नवीकरण दस्तुर जरिवानामा शतप्रतिशत छुट दिएको छ ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ बमोजिम सवारी कर र नवीकरण दस्तुरको जरीवाना शतप्रतिशत छुट भएको जनाएको हो ।

गत १९ मंसिरमा मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ बमोजिम जरीवाना छुट गर्न राजपत्रमा प्रकाशित भएको कार्यालयका लेखा अधिकृतले जारी गरेको सुचनामा उल्लेख छ ।

सुचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०८१ को दफा ३५ को उपदफा (४) मा व्यवस्था भए बमोजिम यस प्रदेशमा दर्ता भएका सबै प्रकारको सवारीमा शतप्रतिशत छुट गरिएको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *