मंसिरसम्म भित्रियो २५ ‘हाइब्रिड’ गाडी: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म २५ (पेट्रोल–विद्युतीय) हाइब्रिड सवारीसाधन नेपाल भित्रिएको छ ।
भन्सार विभागका अनुसार २ हजार सीसीसम्मको ‘प्लग आउट’ हाइब्रिङ गाडी मंसिरसम्म १८ युनिट भित्रिएको छ ।
यस्तो गाडीलाई विद्युतमा चार्ज गरिराख्नु पर्दैन । यो गाडीभित्र रहेको डाइनामो घुम्दा विद्युत् उत्पादन भई स्वतः चार्ज हुने गर्छ ।
हाइब्रिड (पेट्रोल–विद्युतीय) गाडीमध्ये २ हजार सीसीसम्मको ‘प्लग इन’ गाडी आयात मंसिरसम्म ७ युनिट रहेको भन्सार विभागले जनाएको छ ।
प्लग इन गाडीमा भने विद्युत् जडान गरी चार्ज गरिन्छ । जसलाई पेट्रोलको अभावमा पनि गुडाउन मिल्छ ।
पाँच महिनामा भित्रिएका २५ हाइब्रिड सवारीसाधन आयातमा ९ करोड ६८ लाख रुपैयाँ विदेशिएको तथ्यांकमा देखिन्छ ।
Post Views: 29