दिपेन्द्र ऐरि शारदा ग्रुपद्वारा पुरस्कृत

दिपेन्द्र ऐरि शारदा ग्रुपद्वारा पुरस्कृत: एसपिजि अटोमोबाइल्स प्रा लि(ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदुरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरिलाई ओमोडा इफाइभ डिलक्स एसयुभिसहित पुरस्कृत गरेको छ ।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह- प्रायोजक हो ।

एनपिएलभरी दिपेन्द्र सिंह ऐरिले समग्र रूपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली कप्तानको भूमिका खेले ।

प्रतियोगिताभरी ९ खेलहरूमा जम्मा २२७ रन बनाउँदै, ९ विकेट लिँदै, र ७ रन-आउट गराउँदै, आफ्नो टोलीको फाइनल खेलसम्म सफलताको यात्रामा महत्वपूर्ण योगदान पुर्‍याए ।

कुशल क्याच तथा शानदार रन-आउट निकाल्दै फिल्डिङमा अब्बल पकड राख्ने दिपेन्द्र सिंह ऐरि पारस खड्का पछिका पुस्ताबाट उदाउँदा खेलाडीमध्ये एक हुन् ।

ओमोडा एन्ड जेइको, नेपाली खेलजगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा विश्वास राख्दछ ।

दिपेन्द्र सिंह ऐरि नेपाली क्रिकेटको उदाउँदो परिदृश्यको एक उदाहरण हुन जसको उच्च सम्मान ओमोडा एन्ड जेइको गर्दछ ।

लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरिलाई ओमोडा-इफाइभ प्रदान गरिएको थियो । पुरस्कारबापत गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्नेछ ।

२०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको, अत्याधुनिक विशेषताहरू र आकर्षक डिजाइनसहितको यो अल-इलेक्ट्रिक एसयुभिले ऐरीको उल्लेखनीय प्रदर्शनको सम्मान तथा हौसलाको रूपमा काम गर्दछ ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपिएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म भएको थियो ।

क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्रिभन बाइ’ सह-प्रायोजकका रूपमा, ओमोडा एन्ड जेइको हरेक खेलमा उपस्थित रहेको थियो ।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिगको यो सफल साझेदारीले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्दै नेपालमा खेलक्षेत्रको समग्र उचाई बढाउनमा योगदान पुर्‍याएको छ ।

एसपिजि आटोमोबाइल्स प्रा.लि.को बारेमा
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाइल्स को. लिमिटेडको नेपालको लागि आधिकारीक वितरक हो ।

थप जानकारीका लागि, एसपिजि अटोमोबाइल्सलाई सम्पर्क गर्नुहोस्, वा https://www.omodajaecoonepal.com भिजिट गर्नुहोला ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *