चन्द्रागिरि-चित्लाङ सडक दिउँसो मात्रै बन्द हुने

चन्द्रागिरि-चित्लाङ सडक दिउँसो मात्रै बन्द हुने: स्तरराेन्नतिका लागि ७ पुसदेखि ६ माघसम्म बन्द गरिएकाे थानकोट–चन्द्रागिरि–चित्लाङ सडक दिउँसो मात्रै बन्द हुने भएकाे छ  ।

बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गमध्येको थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको मागअनुसार बिहान र बेलुका खुल्ने सहमति भएकाे हाे ।

यसअघि स्तरोन्नति गर्ने भन्दै सडक डिभिजन कार्यलय काठमाडौंले ७ पुसदेखि ६ माघसम्म एक महिनाका लागि २४सैं घण्टा बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त सडक खण्डको स्तरोन्नति अवधिभर बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै बन्द गरिने र बिहान र बेलुका संचालन हुने भएको हो ।

सडक डिभिजन कार्यालयले स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रगिरि भञ्ज्याङ खण्डसम्म पूर्ण रूपमा सवारीसाधन आवागमनमा रोक लगाएको थियो ।

उक्त अवधिमा यस सडक भएर चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएकाे थियो ।

थाहा नगरपालिका-९ का कार्यवाहक वडा अध्यक्ष रामकृष्ण कपालीले सडक डिभिजन कार्यलयसँगको सहकार्यमा आंशिक रुपमा सवारीसाधन संचालनको व्यवस्था मिलाएका जानकारी दिए ।

उनले उक्त सडकखण्ड पूर्णरुपमा बन्द गर्दा यात्रुसँगै चित्लाङ क्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समेत समस्या हुने भएपछि सडक बिहान र बेलुका संचालन गर्ने सहमति भएको बताए ।

उनले थानकोट–चन्द्रागिरि–चित्लाङ स्तारोन्नतीका क्रममा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द रहने र त्यसबाहेकको समयमा सवारी आवागमनमा कुनै अवरोधन नहुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *