क्रिसमस एट भाटभटेनी विथ नामी

क्रिसमस एट भाटभटेनी विथ नामी: यस क्रिसमसको सिजनमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्दैछ ।

डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केही भाटभटेनीहरूमा ग्राहकहरूले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्।

‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ डिसेम्बर २३ मा सुरु भएको छ र काठमाडौं उपत्यका भित्र भक्तपुर, कोटेश्वोर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ।

डिसेम्बर २५ मा, काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहक हरुले यस्को अनुभव लिन पाउनेछन् ।

यसमा सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् ।

यसबाहेक ग्राहकहरूले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस  फिचर्स् हरु आफैं अनुभव गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *