रास्वपाेले रवि लामिछानेलाई निलम्बन नगर्न माग

रास्वपाेले रवि लामिछानेलाई निलम्बन नगर्न माग: सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन नगर्नका लागि रास्वपाका नेताले सभामुख देवराज घिमिरेसँग अनुरोध गरेका छन्।

प्रमुख सचेतक रहेका सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले संयुक्त रूपमा संसद् सचिवालय र सभामुखको कार्यकक्षमा गएर निलम्बन नगर्नका लागि अनुरोध गरेका हुन्।

सभामुख घिमिरेले कानुनसम्मत र नियमावलीलगायतको अध्ययनका आधारमा कदम चालिने बताएका थिए।

कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रविबारेको जानकारी-पत्र सभामुखलाई पठाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *