नेपाल रोड रेसिङ च्याम्पियनसिप सम्पन्न

http://नेपाल रोड रेसिङ च्याम्पियनसिप सम्पन्न : नेपाल रोड रेसिङ च्याम्पियनसिप – 2024 सम्पन्न भएको छ ।

गत शुक्रबार र शनिबार सम्पन्न सो इभेन्टको नेसनलतर्फ श्रीहरी पौडेल विजेता बने भने फर्स्ट रनर अप दिलिप दनुवार र सेकेन्ड रनर अप युकेश थापा बने ।

त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजेता बने भने फर्स्ट रनर अप साकार श्रेष्ठ र सेकेन्ड रनर अप रुमु हाङ राई बने ।

ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सो च्याम्पियनसिप अन्तर्गत नेसनल र नोभिस गरी दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो ।

४६ राइडरहरु सहभागी खेलमा नोभिस अन्तर्गत पहिलो पटक सहभागी राइडरहरु सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरु सम्मिलित थिए ।

सबैगरी ४६ राइडरहरु फाइनल राउन्डमा थिए ।

यो भन्दा पहिले सातदोबाटोमै राउन्ड १ तथा चितवनमा राउन्ड २ र पोखरामा राउन्ड ३ अन्तर्गतको प्रतियोगिता सम्पन्न भएको थियो ।

फाइनल राउन्डका विजेताहरुले क्रमशः ५0 हजार, ४o हजार र ३o हजार नगदका साथै ट्रफी र मेडल प्राप्त गरे ।

नासा नेपालका अध्यक्ष दशरथ रिसाल र नासा नेपाल एवम् मोटर स्पोर्ट्स नेपालका पदाधिकारीहरुले विजयी खेलाडीलाई ट्रफी र मेडलका साथै नगद पुरस्कार हस्तान्तरण गरे ।

मोटर स्पोर्ट्स नेपाल क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा आयोजना गरेको सो च्याम्पियनसिपको सबै सिजनका लागि अफिसियल पर्फमेन्स पार्टनर सेल लुब्रिकेन्ट रहेको थियो ।

त्यसैगरी अफिसियल टु ह्विलर पार्टनर यामाहा नेपाल र सेफ्टी गियर पार्टनर कवच गियर रहेको थियो ।

त्यसैगरी टायर पार्टनर युथ कलेक्सन रहेको थियो ।

सो च्याम्पियनसिपलाई भाल्वोलिन, रेप्सोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फ, एभरेष्ट लगायतका लुब्रिकेन्टको सहयोग रहेको थियो भने धेरै लुब्रिकेन्ट कम्पनीहरुले राइडरहरुलाई स्पोन्सर गरेका थिए ।

यो सँगै यस सिजनको नेपाल रोड रेसिङ च्याम्पियनसिप सम्पन्न भएको छ ।

आगामी दिनमा समेत यस प्रकारको च्याम्पियनसिप आयोजना गरिने मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *