रवि लामिछानेविरुद्ध आज मुद्दा दायर हुने

रवि लामिछानेविरुद्ध आज मुद्दा दायर हुने : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गर्ने भएको छ ।

शुक्रबार जिबी राईसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । बाँकी ३३ जनाविरुद्ध शुक्रबार मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले लगाएको छ ।

शुक्रबार मुद्दा दायर गरिएका १९ जना मुख्य आरोपी हुन्। पहिलो चरणमा पनि उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो ।

बाँकी ३३ जनाको सहकारी ठगीमा अप्रत्यक्ष भूमिका रहेको भन्दै छुट्टै मुद्दा दायर गर्न लागिएको हो ।

उनीहरुविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाउन लागिएको छ ।

गोखौ मिडियाको सञ्चालक हुँदा जिबी राई समूहले चलाएका विभिन्न सहकारीबाट आएको पैसा चेक काटेर खर्च गरेको भन्दै लामिछानेलाई पनि प्रहरीले अनुसन्धानमा तानेको हो।

रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *