मुग्लिङ-नौबिसे सडकखण्डमा यसरी हुँदैछ काम: पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडक खण्ड भोलिदेखि एक साता दिउँसोमा आंशिक बन्द हुने भएको छ ।
सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।
नागढुङगा–मुग्लिङ सडक योजना अन्तर्गत पश्चिम खण्ड बिहान ११ बजेदेखि दिनको २ बजेसम्म सवारी रोकेर काम गरिने छ ।
सो खण्डको पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।