महाराजगन्जमा तीन सवारीसाधन ठोक्किएर दुर्घटना

महाराजगन्जमा तीन सवारीसाधन ठोक्किएर दुर्घटना: काठमाडौं महानगरपालिका–३, महाराजगन्जस्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ। तीनवटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बा.१३ च ६२८५ नम्बर बोलेरो गाडी, बा.२ ख ६७२९ नम्बरको बस र बा.१८ प ४७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलचालक उदयपुर घर भई काठमाडौं बुढानीलकण्ठ पासिकोट बस्ने ५४ वर्षीय पदमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार चाबहिलतर्फबाट आउँदै गरेको बोलेरोले विपरीत दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

पछि दुवै सवारीसाधन चाबहिलतर्फ जाँदै गरेको बसमा ठोक्किन पुगेका थिए।

प्रहरीले बसचालकलाई  नियन्त्रणमा लिएकोमा बोलेरोचालक भागेका थिए।

उनी शनिबार दिउँसो प्रहरी कार्यालयमा उपस्थित भएको महाराजगन्ज वृत्तका डिएसपी रवीन्द्र पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *