इजरायली सेनाका अनुसार यमनमा रहेका हुथी विद्रोहीले राजधानी तेल अभिभमा मिसाइल आक्रमण गरेका छन् । आक्रमणमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।
इजरायलले आक्रमणमा घाइते भएका १६ जनालाई स्वास्थ्य सहायता प्रदान गरेको जानकारी दिएको छ।
क्षेप्यास्त्र प्रहारपछि भएको विष्फोटमा उनीहरु घाइते भएका हुन् ।
यमनबाट प्रहार गरिएको मिसाइल इजरायलको वायु रक्षा प्रणालीलाई बाइपास गर्न सफल भएको थियो ।
इजरायली सेनाले हुथी विद्रोही विरुद्ध प्रहार गरिएको मिसाइललाई रोक्न असफल भएको र मिसाइल पार्कमा खसेको बताइएको छ ।
हुथी विद्रोही समूहका प्रवक्ता याह्या सारिलेले भने, ‘यमनी सशस्त्र सेनालाई जाफामा कब्जा गरेको इजरायली सैन्य आधारमा मिसाइलले निशाना बनाइएको थियो। हामीले हाइपरसोनिक ब्यालिस्टिक मिसाइलको प्रहार गरेका थियौँ र यसले लक्ष्यमा हानेको छ।’
इरान समर्थित हुथी विद्रोही समूह प्यालेस्टाइनको समर्थक मानिन्छ।
इजरायलको गाजामा आक्रमण पछि, हुथी विद्रोहीहरूले लाल सागरमा इजरायलतर्फ जाने जहाजहरूमा आक्रमण गरेका छन्।