Skip to content
सुनसरीमा सिटी सफारी दुर्घटना: सुनसरीको रामधुनी नगरपालिका–९ डुम्राहामा शनिबार साँझ सिटी सफारी दुर्घटना भएको छ।
दुर्घटनामा चालक ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको हो।
चालक चौधरी खेतबाट धान ओसार्दै सिटी सफारी चलाउँदै थिए।
सिटी सफारी अनियन्त्रित भएर दुर्घटना भयो र चौधरी घाइते भए।
उनको उपचारका लागि ईनरुवा जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो।
Post Views: 247