गल्छीमा बस दुर्घटना: पृथ्वी राजमार्गमा धादिङको गल्छीमा एक बस दुर्घटना भएको छ। दुर्घटनामा आठजना घाइते भएका छन्। बसमा २४ जना सवार थिए।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु२ख ६६७६ नम्बरको बस गल्छी गाउँपालिका– ६ सुत्केरी ढुंगामा दुर्घटनामा परेको हो।
घाइते हुनेमा कपिलवस्तुका गोपाल सुनार (४० वर्ष), अस्मिता आले (३९ वर्ष), जनक गौतम (५४ वर्ष), सुर्खेतका चित्रबहादुर पाण्डे (४२ वर्ष), काभ्रेका सुकराम कार्की (३१ वर्ष), विजय कार्की (५८ वर्ष), स्याङ्जाका नन्दलाल अधिकारी (५६ वर्ष), र रामेछापका राजकुमार दास (४२ वर्ष) छन्।
घाइते सबैलाई बैरेनी अस्पतालमा उपचार पछि काठमाडौंको बिएन्डबी अस्पताल पठाइएको छ। बस आफैँ अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएको हो। बस चालक भूपेन्द्र चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ।