हीरो मोटोकोर्प एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक: विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने प्रतिबद्धताका साथ, विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकोर्पले नेपालमा दुई नयाँ मोटरसाइकल – एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरसार्वजनिक गरेको छ।
हीरो मोटोकोर्पले एक्स्ट्रिम रेंजमार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्नेउद्देश्य लिएकोे छ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकोर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २,८९,९०० र एबीएस भेरियन्टका लागि ३,११,९०० तोकिएको छ।
सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंबल गरिने कम्पनीले जानकारी दिएको छ ।
सार्वजनिकका अवसरमा हीरो मोटोकोर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले भन्नुभयो,“नेपालका परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै, हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूल उद्देश्य हो।
नयाँ एक्स्ट्रिम रेंज को सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हीरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ।
हामी आफ्ना ग्राहकहरुको अनुभवलाई अझ विशेष बनाउने तिर केन्द्रित छौँ।
यो नयाँ उत्पादन पोर्टफोलियोले नेपालको नयाँ पुस्ताका राइडरहरूसँग सामञ्जस्य स्थापित गर्दै बजारमा उत्साह फेलाउने र देशभर हाम्रो उपस्थिति विस्तार गर्न सशक्त मद्दत गर्नेछ।”
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो,“नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ।
यी दुबै मोटरसाइकल नेपालको परिवर्तनशील बजार आवश्यकतासँग पूर्ण रूपमा मेल खान्छन्।
नवीनतम प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन मार्फत यी मोडेलहरूले ग्राहकहरूको यात्रा अनुभवलाई पुनः परिभाषित गर्नेछन्।
एक्स्ट्रिम मोटरसाइकलले शहरी यात्रु तथा रोमाञ्चकता प्रेमीहरूलाई लक्षित गरी बहुउपयोगिता, शैली र दक्षता प्रदान गर्नेछ ।
हीरो मोटोकोर्पको विश्वास र नवप्रवर्तनको इतिहास तथा नेपालको भौगोलिक र उपभोक्ता प्राथमिकताहरूमा सीजी मोटर्सको अनुभवले यी मोटरसाइकलहरू मार्फत दुईपांग्रे सवारी साधनको क्षेत्रमा नयाँ मानक स्थापित गर्नेमा हामी विश्वीत छौँ।”
हीरो मोटोकोप सन् २०१४ मा नेपाल प्रवेश गरेको हो। यसले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ।
चौधरी गु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकोर्पको नेपालका लागि आधिकारिक वितरक हो।
१ सय ६० भन्दा बढी कम्पनी र १ सय २३ ब्रान्डहरू संचालन गर्ने यस समूहसँग १५,००० भन्दा बढी कर्मचारीहरूको बलियो टिम छ।
उत्पादनका विशेषताहरू:
एक्स्ट्रिम १६० आर फोरभी
एक्स्ट्रिम १६० आर फोरभीले१६०सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउँदै १६३सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ।
यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ।
यो मोटरसाइकलले ०–६० कि.मी.÷घण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने हुँदा प्रदर्शनको नयाँ स्तर निर्धारण गरेको छ।
उच्च गतिका लागिअसाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गति सहितको मोटरसाइकल हो।
यसलाई अझ सटीक बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्सनले सटिक ह्यान्डलिङ र स्थिरता प्रदान गर्दछ।
केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ। यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कुशल र विश्वस्त कर्नरिङ अनुभव प्रदान गर्दछ।
एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एयरोडायनामिक डिजाइनका साथमाविङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, , चिल्लो फ्युल ट्याङ्क, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध गरिएको छ ।
यसले सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध गराउँछ ।
साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको यसको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार उपलब्ध गराउँछ।
प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल÷एसएमएस अलर्ट लगायत सुविधाहरु पनि उपलब्ध गरिएका छन् ।
यी सुविधाहरुले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ। एक्स्ट्रिम १६० आर फोरभीले प्रदर्शन, शैली र प्रविधिको अभूतपूर्व संयोजन प्रदान गर्दै उच्चतम स्तरको अनुभव खोज्नेहरूलाई लक्षित गरेको छ।
एक्स्ट्रिम १२५ आर
एक्स्ट्रिम १२५ आरले १२५सीसी सेगमेन्टमा नयाँ मानक स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ।
यसले ११.४ बीएचपी पावर उत्पादन गर्दै, ०–६० कि.मी.÷घण्टा केवल ५.९ सेकेन्डमा पुर्याउने क्षमता राख्छ ।
प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो। यसमा ईबीटीप्रणाली उपलब्ध गरिएको छ , जसले थप सन्तुलित प्रदर्शनी दिन्छ ।
साथै, हीरोको आईथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्छ।
एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ ।
सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।
यसको हल्का डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङ सुनिश्चित गर्छ। १२०÷८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आराम प्रदान गर्दछ।
यसको चौडा, फ्ल्याट ह्यान्डलबारले दैनिक यात्रा तथा रोमाञ्चक यात्राका दूबै अवस्थामा सहजताको सुनिश्चित प्रदान गर्छ।
सुरक्षाका लागि, यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समाविस्ट छन्।
फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरुमा उपलब्धएक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरूको ध्यान खिच्नेमा कम्पनी विश्वस्त रहेको छ।