http://जेएमईभीको नयाँ शोरुम दरबारमार्गमा: जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोवाइल्स प्रालिले दरबारमार्गमा नयाँ शोरुम सहित जेएमईभीको पहिलो मोडल सार्वजनिक गरेको छ ।
जेएसई मोडलमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री यसमा पाउन सकिन्छ ।
पानारोमिक शनरुफ, मिसेलियन हाओयुको टायर र १७० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको कार चलाउँदा निकै हलुका अनुभव हुन्छ ।
शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक अखिलले सार्वजनिक कार्यक्रममा भने, ‘जिआङ्सी जेएमसीजी इलेक्ट्रिक भेइकल केवल गाडी मात्र होइन, यो नव पर्यावहन, विलासिता र जिम्मेवारीको प्रतीक हो।
यसको उत्कृष्ट विशेषताहरू र प्रदर्शनले यसलाई सर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा स्थापित गरेको छ।’
कम्पनीले ‘जेएसई’ नाम दिएर ल्याएको नयाँ सेडान कार ५३ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरु भएको हो ।