म्याग्दीको कृषि सडक कालोपत्र गर्ने तयारी

म्याग्दीको कृषि सडक कालोपत्र गर्ने तयारी: म्याग्दीको बेनी–हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट–दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनुका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो ।

योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौँडा बनाइनेछ भने दूधेखोला–भकिम्ली खण्डमा ३९० मिटर ढलान गरिनेछ ।

चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि एक करोड ६० लाख बजेट विनियोजन भएको छ । हाँडेभिर–बगरफाँट दुई किलोमिटर कालोपत्र भइसकेको छ ।

सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ ।

उक्त सडक बेनी नगरपालिका– २ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका– ४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *