Skip to content
कमलादीमा भासिएको सडक पुनर्निर्माण सम्पन्न: कमलादीस्थित काठमाडौं प्लाजाछेउमा भासिएको सडक पुनर्निर्माण गरेर सवारी आवागमनका लागि तयार भएको छ।
बिहीबार बिहानदेखि सडक नियमित गर्ने काठमाडौं महानगरपालिकाको तयारी छ।
काठमाडौं महानगरको कार्यालयनजिकै भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरी मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित काम सुरु गरिएको थियो।
बुधबार दिउँसोसम्म निर्माण कार्य सकाएर सडक नियमित गर्न मिल्ने अवस्थामा राखिएको छ।
Post Views: 309